निर्वाचन आयोगले राेल्पाका दशवटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ।
सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै आयोगले राेल्पामा जिल्ला न्यायाधीश दिलिपराज पन्तलाई मुख्य निर्वाचन अधिकृत ताेकेकाे हाे। पन्तलाई राेल्पा नगरपालिकाकाे पनि जिम्मेवारी दिइएकाे छ।
त्रिवेणी गाउँपालिकामा सुरेश केसी, थबाङ गाउँपालिकामा हेमराज तिमिल्सैना, परिवर्तन गाउँपालिकामा विक्रम प्रसाद पाण्डे, माडी गाउँपालिकामा श्रीनाथ पाैडेल, रून्टीगढी गाउँपालिकामा प्रेम खड्का, गंगादेव गाउँपालिकामा कृष्णशाेभा सुवाल, लुंग्री गाउँपालिकामा केदार काेइराला, सुनछहरी गाउँपालिकामा दामाेदर घिमिरे, सुनिलस्मृति गाउँपालिकामा सन्ताेष शर्मा खटिएका छन्।
आयोगले जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको छ।