जनप्रतिनिधिले राजनीतिक पूर्वाग्रह राख्दा अलपत्र बन्याे मालारानीकाे सामुदायिक भवन

जब अयाेग्य व्यक्ति जनप्रतिनिधिकाे रूपमा निर्वाचित हुन्छन् तब स्थानीय जनता कतिसम्म दु:ख भाेग्न बाध्य हुन्छन् भन्ने उदाहरण भनेकाे छ, मालारानी गाउँपालिका वडा नम्बर ४। नेकपा (एमाले)बाट निर्वाचित गाउँपालिका प्रमुख बालकृष्ण शर्मा आचार्य र वडाध्यक्ष विष्णुप्रसाद पाेख्रेल भ्रष्ट्रचारमा लिप्त हुँदा यहाँका जनताले पाउनुसम्मकाे दु:ख पाएका छन्।

प्रधानमन्त्री राेजगार कार्यक्रममार्फत बेराेजगार तथा गरीब जनताकाे नाममा आएकाे रकममा समेत ठूलाे भ्रष्ट्राचार गरेर जनताकाे नजरबाट नाङ्गिएका वडाध्यक्ष पाेख्रेल बिना याेजना काम गर्दा, आफ्ना कार्यकर्ता पाेषणमा लाग्दा, उपलब्ध बजेट अनावश्यक स्थानमा खर्च गर्दा, स्थानीय स्राेत साधनकाे सही सदुपयाेग गर्न नजाँदा तथा केन्द्र सरकारबाट पाइने सेवाबारे सामान्य ज्ञान पनि नहुँदा यहाँका जनताले धेरै दु;ख पाउनु परेकाे स्थानीयकाे गुनासाे छ।

जसका कारण उनले चुनावमा देखाएकाे सपना त पूरा भएन नै त्यसअघि निर्माण भएका विकासका कामहरू समेत अलपत्र परेका छन्। त्यसाे त वडाध्यक्षाकाे हातमा धेरै अधिकार हुँदैन तर जनतासँग मिलेर काम गर्न र त्यहाँभन्दा माथिका निकायलाई दबाब दिन भने कसैले राेक्दैनन् तर उनी जनताकाे हितमा काम गर्नु परे मरिएला जस्ताे गर्दा स्थानीयले दु:ख भाेग्नु परेकाे हाे।

उनले गाउँकाे विकासका लागि याेजना बनाउन सक्ने छाँट त देखिँदैन तर भएका स्राेतकाे सही प्रयाेग र मर्मत समेत नगर्दा स्थानीयले धेरै दु:ख मात्रै भाेग्नु परेकाे छैन, गाउँ नै कुरूप भनेकाे छ। जसकाे उदाहरण हाे, साेही वडाकाे साविक खन–६ थाममा रहेकाे नागरिक सचेतना केन्द्रकाे भवन। करिब एक दशक अगाडि स्वास्थ्य कार्यक्रम, सिविर, सचेतनाका कार्यक्रम, बालबालिका सम्बन्धि कार्यक्रमलगात याेजना तथा कार्यक्रम गर्न सजिलाे हाेस् भनेर याे भवन निर्माण गरिएकाे थियाे।

यही ठाउँबाट स्वास्थ्यमुलक कार्यक्रम गर्न सम्भव भयाे। गाउँकाे विकासका धेरै याेजना बने। यहाँका अशिक्षित नागरिकमा ज्ञानका ज्याेति छरियाे तर अहिले यही भवन ओझाेलमा परेकाे छ। प्राकृतिक कारण जीर्ण बनेकाे याे भवनमा स्थानीय जनप्रतिनिधिकाे नजर नपुग्दा बेवारिसे बन्न पुगेकाे हाे। त्यसाे त याे ठूलाे रकम लाग्ने/खर्चिनु पर्ने कुरा हाेइन तर सानाे रकम समेत वडाबाट पाउन नसक्दा याे भवन अलपत्र परेकाे हाे।

पटक–पटक मर्मत गर्दा ऋणमा समेत परेकाे छ, याे भवन। त्यसैले यसकाे लागि थाेरै रकम विनियाेजन गर्न वडा कार्यालयलाई अनुराेध गर्दा पनि वडाले वास्ता नगरेकाे स्थानीयकाे गुनासाे छ। उक्त भवन हाल करिब ३० हजार ऋणमा रहेकाे स्थानीय डिलाराम पाेख्रेल बताउँछन्।

यसका लागि सहयाेग गर्न भन्दै पटक–पटक स्थानीयले अन्य जनप्रतिनिधिलगायत वडाध्यक्ष पाेख्रेललाई अनुराेध नगरेकाे हाेइनन्। तर, वडाध्यक्ष नै राजनीतिक रूपमा बायस बन्दा यस्ताे अवस्था आएकाे स्थानीय बताउँछन्।

यसरी सामुदायिक भवन अलपत्र हुँदा स्थानीयलाई ठूलाे कष्ट हुने गरेकाे छ। यहाँदेखि वडा कार्यालय र स्वास्थ्यलगायत अन्य सेवादायक निकाय टाढा भएकाेले यहाँका जनताले सास्ती भाेग्नु परेकाे हाे।

‘वडाध्यक्ष पाेख्रेल र गाउँपालिका प्रमुखलाई याे सामुदायिक भवनलाई पनि केही गर्नुपर्‍याे भन्दा उहाँहरूले त्यति वास्ता गर्नुभएन,’ एक स्थानीयले बिएल नेपाली सेवासँग भने, ‘उहाँहरू आफ्नाे पार्टीका मान्छेहरूलाई आवश्यक परेकाे काम जस्ताेसुकै नियम मिचेर गर्न पनि तयार हुनुहुन्छ तर जनताकाे पिर बुझ्नु हुँदैन।’

यस विषयमा बुझ्न खाेज्दा वडाध्यक्ष तथा अन्य जनप्रतिनिधि सम्पर्कमा आएनन्।

प्रकाशित मिति: : 2022-03-17 10:50:00

प्रतिकृया दिनुहोस्