प्रदेश १ मा २०९ मा कोरोना सङ्क्रमण

File photo
File photo

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रलयका अनुसार ६३७ जनाको पिसिआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा सङ्क्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ३१, झापामा २४, उदयपुर र धनकुटामा तीनरतीन, इलाम, सङ्खुवासभा र खोटाङमा दुई/दुई, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा एकरएक र प्रदेश बाहिरका ११ जनामा सङ्क्रमण देखिएको हो।

मोरङको विराटनगरमा ३०, बेलबारीमा आठ, उर्लाबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र बूढीगङ्गामा पाँचरपाँच, ग्रामथानमा तीन, सुनवर्षीमा दुई, मिक्लाजुङ, जहदा, कटहरी, कानेपोखरी र स्थानीयतह नखुलेका एकरएक, सुनसरीको धरानमा ११, इटहरीमा नौ, बराहक्षेत्रमा चार, गढीमा दुई, देवानगञ्ज र इनरुवामा एकरएक र स्थानीयतह नखुलेका तीन, झापाको दमकमा आठ, हल्दिबारी र कनकाईमा तीनरतीन, भद्रपुरमा दुई, बुद्धशान्ति, शिवसताक्षी, विर्तामोड, मेचीनगर, गौरादह, गौरीगञ्ज, कमलगाउँपालिका र स्थानीयतह नखुलेका एकरएकजनामा सङक्रमण देखिएको हो।

यसैगरी उदयपुरको उदयपुरगढी, चौदण्डीगढी र स्थानीयतह नखुलेका एकरएक, धनकुटाको धनकुटा नगरपालिकामा तीन, इलामको इलामनगरपालिका र चुलाचुलीमा एकरएक, सङ्खुवासभाको खाँदबारी र पाँचखपनमा एकरएक, खोटाङको दिप्रुङमा दुई, पाँचथरको फिदिम, ताप्लेजुङको श्रीजङ्गा र तेह्रथुममा एकरएक र प्रदेश बाहिरका ११ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेशमा आज १८० महिलासहित ४५८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुुई महिलाको मृत्यु भएको छ। यस प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६३२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-02-07 21:59:00

प्रतिकृया दिनुहोस्