फुङ्लिङमा बुष्टरडोज दिइने, बालबालिकालाई दाेस्राे खाेप

File Photo
File Photo

ताप्लेजुङकाे फुङलिङ नगरपालिकामा कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडाेज दिइने भएको छ।

१५ माघ २०७७ देखि २०७८ असार मसान्त सम्म काेभिशिल्ड लगाएका ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाइ प्राथमिकता दिएर बुष्टरडोज सञ्चालन गर्ने निर्णय जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले गरेकाे हाे।

स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर दिनेश रायका अनुसार फुङ्लिङ नगरपालिका- ४ वडा कार्यालय र तोक्मेडाँडामा नियमित खोप सञ्चालन भइरहेकाे छ। तिनै खोपकेन्द्रमार्फत बुष्टरडोज दिइने स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले जानकारी दिए।

यसअघि खोपको पहिलो मात्रा लगाएका बालबालिकालाई १६ माघबाट २१ गतेसम्म दोस्रो मात्रा लगाइने भएको छ।

स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर दिनेश रायका अनुसार १६ माघदेखि १८ सम्म फुङ्लिङ नगरपालिकाभित्र तथा १७,१८,१९ र २० माघमा  पाथीभरा याङ्वरक,आठराइ त्रिबेणी,मैवाखोला र मेरिङ्देन गाउँपालिकामा खोपको दोस्रो मात्रा लगाइने भएको छ।

१८,१९ र २० माघमा  सिङ्विा,सिरिजंगा र मिक्वाखोला गाउँपालिकामा मोर्डना खोपको दोस्रो मात्रा लगाउने गरी कार्यतालिका तयार भएको उनले जानकारी दिए। 

प्रकाशित मिति: : 2022-01-29 07:17:00

प्रतिकृया दिनुहोस्