माेरङकाे उखुबारीमा मृत फेला परेका पुरूषकाे पहिचान खुल्याे [भिडियाे]

मोरङको धनपालथान– ७ बोर्डिङटोलस्थित उखुबारीमा हत्या गरेपछि खालड खनेर गाढेको अवस्थामा दुई जना पुरुषको शव फेला परेकोमध्ये एक जना पुरुषको पहिचान खुलेको छ।

बिहीबार दिउँसो उत्खनन् गरेर निकालिएको शव सुनसरीको धरान– ३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको रहेको मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए। उनको साथबाट एनटिसीको सिमकार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला परेको एसपी जिसीले जानकारी दिए।

सोही ठाउँदेखि ३० मिटर पूर्व उखुबारीमा भेटिएको अर्का एक पुरुषको पहिचान खुल्न बाँकी छ। बिहीबार उखुबारीमा सात फिट गहिरो खाडल खनेर गाढेको अवस्थमा श्रेष्ठको शव भेटिएको हो। श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ। उनको हत्या गरेपछि ५ फिट गहिरो खाडल खनेर शव गाडेको अवस्थमा फेला परेको प्रहरीले जनाएको छ। शव फेला परेको उखुबारी स्थानीय बरजंगी सिंहको रहेको छ।

बिहीबार एउटा खाल्डोबाट शव निकालिएको स्थानदेखि करिब ३० मिटर पुर्व गंगाप्रसाद सिंहको उखुबारीदेखि पनि ३०–३५ वर्षका अर्का एक जना पुरुषको शव बुधबार राति भेटिएको थियो। दुवै शवको प्रकृति एकै खाले तरिकाले खाडल खनेर गाडेको अवस्थमा भेटिएको एसपी जिसीले जानकारी दिए।

उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो भेटाएका थिए। शङ्कास्पद खाल्डो भेटिएपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले खाल्डो खनेर हेर्दा कपडासहित गाडेको अवस्थामा शव भेटिएको थियो।

प्रकाशित मिति: : 2022-01-27 18:20:00

प्रतिकृया दिनुहोस्