बिएल संवाददाता
सनराइजर्स हैदरवाद इन्डियन प्रिमियर लिग (आइपिएल)काे फाइनलमा पुगेकाे छ। शुक्रबार राति दाेस्राे क्वालिफायरमा राजस्थान राेयल्सलाई ३६ रनले पराजित गर्दै हैदरवाद फाइनलमा पुगेकाे हाे।
१ सय ७६ रनकाे लक्ष्य पछ्याएकाे राजस्थानलाई १३९ (७) रनमा सीमित गर्दै हैदरवादले फाइनलमा काेलकाता नाइट राइडर्ससँगकाे भेट पक्का गर्याे।
काेलकाता पहिलाे क्वालिफायरमा हैदरवादमाथि नै जित निकाल्दै फाइनलमा प्रवेश गरेकाे थियाे।
आजकाे खेलमा राजस्थानका ध्रुब जुरेल र यशस्वी जैसवालबाहेक अन्य व्याटरले गतिलाे प्रदर्शन गर्न सकेनन्। जुरेलले ५६ र जैसवालले ४२ रन प्रहार गरे।
जारी आइपिएलकाे उच्च लयमा रहेका रिहान पराग ६ र कप्तान सन्जु सामसन मात्रै १० रनमा आउट भए।
राजस्थानलाई पन्छ्याउन हैदरवादका शहवाज अह्मेदले ३ र अभिषेक शर्माले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे हैदरवादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७५ रन बनाएकाे थियाे।
हैदरवादका हेइन्रिच क्लासेनले अर्धशतक प्रहार गरे। भने, ट्रेभिस डेड ३४ तथा राहुल त्रिपाठी ३७ रन बनाएर आउट भए।
राजस्थानका ट्रेन्ट बाेल्ट र अभेष खानले ३-३ विकेट लिए।
फाइनल खेल आइतबार हुनेछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया