बिएल संवाददाता
सनराइजर्स हैदरवाद इन्डियन प्रिमियर लिग (आइपिएल)काे फाइनलमा पुगेकाे छ। शुक्रबार राति दाेस्राे क्वालिफायरमा राजस्थान राेयल्सलाई ३७ रनले पराजित गर्दै फाइनलमा पुगेकाे हाे।
१ सय ७६ रनकाे लक्ष्य पछ्याएकाे राजस्थानलाई १३९ (७) रनमा सीमित गर्दै हैदरवादले फाइनलमा काेलकाता नाइट राइडर्ससँगकाे भेट पक्का गर्याे।
काेलकाता पहिलाे क्वालिफायरमा हैदरवादमाथि नै जित निकाल्दै फाइनलमा प्रवेश गरेकाे थियाे।
आजकाे खेलमा राजस्थानका ध्रुब जुरेल र यशस्वी जैसवालबाहेक अन्य व्याटरले गतिलाे प्रदर्शन गर्न सकेनन्। जुरेलले ५६ र जैसवालले ४२ रन प्रहार गरे।
जारी आइपिएलकाे उच्च लयमा रहेका रिहान पराग ६ र कप्तान सन्जु सामसन मात्रै १० रनमा आउट भए।
राजस्थानलाई पन्छ्याउन हैदरवादका शहवाज अह्मेदले ३ र अभिषेक शर्माले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे हैदरवादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७५ रन बनाएकाे थियाे।
हैदरवादका हेइन्रिच क्लासेनले अर्धशतक प्रहार गरे। भने, ट्रेभिस डेड ३४ तथा राहुल त्रिपाठी ३७ रन बनाएर आउट भए।
राजस्थानका ट्रेन्ट बाेल्ट र अभेष खानले ३-३ विकेट लिए।
फाइनल खेल आइतबार हुनेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया