सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा

फाइल तस्वीर
फाइल तस्वीर

ग्रुप अफ युथ उर्लाबारीले शुक्रबार मोरङको उर्लाबारी–९ का चार सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई २ सय ५९ थान ज्याकेट वितरण गरेको छ।

राजकुमार पोमु लिम्बू लोलिम, हिरामणी सिलवाल, दिपक भट्टराई, कृष्ण दाहाल, डा सन्दिप अधिकारी, डा सम्पन्न बुढाथोकी, डा विशाल प्रतिक मिश्र, रमेश श्रेष्ठ, भूपाल काफ्ले, नरकाजी श्रेष्ठ, नितम कार्की, सुजित जैसवाललगायतको टिमले राजघाट आधारभूत विद्यालयमा ८३, महाराजथान आधारभूत विद्यालयमा ७६, सार्वजनिक माध्यमिक बिद्यालयमा ५० र प्रभात आधारभूत विद्यालयमा ५० गरी २ सय ५९ वटा ज्याकेट वितरण गरेको हो।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने निम्न स्तरका विद्यार्थीहरु पनि सहज रुपमा विद्यालय आउन सकुन् भन्ने हेतुले ज्याकेट वितरण गरिएको अभियन्ता लोलिम पोमुले जानकारी दिए।पोमुले उर्लाबारी वडा नं ९ मा कोही पनि उपचार नपाएर बस्नु नपर्ने र अरनिको हस्पिटलमा हुन सक्ने उपचार निशुल्कसम्म गर्ने बताए।

ज्याकेट हस्तान्तरण कार्यक्रममा उर्लाबारी उद्योग बाणिज्य संघका पूर्व बरिष्ठ उपाध्यक्ष तारामान सिरेङ, सामाजिक अभियान्ता पूर्ण सिंगक लिम्बू, नितम कार्की, प्रकाश कन्दङ्वा, जितेन धिमाल, जीवन चिमरिया, भूपाल काफ्ले, प्रेस सेन्टर नेपालका पूर्वी शाखा अध्यक्ष सरोज बस्नेतलगायतको सहभागीता रहेको थियो।

प्रकाशित मिति: : 2022-01-21 21:50:00

प्रतिकृया दिनुहोस्