वृद्धवृद्धाको मन जित्दै संचारकर्मी किशोर

Photo : Breaknlinks
Photo : Breaknlinks

सञ्चारमाध्यममा सर्वसाधारणका पीडा र समस्या उजागर गरेर ख्याति कमाएको अनलाइन टिभी ‘यूवा मन नेपाल’ मानवीय सेवामापनि संलग्न रहदै आएको छ। विगतमा कोभिड महामारीमा पीडित बनेकाहरुलाई खाद्यान्नका साथै गम्भीरप्रकृतिका रोगसंग जुधिरहेकाहरुलाई आर्थिक सहयोग गरेर धेरैको ध्यान खिचेको थियो।

पछिल्लो पटक यूवा मन नेपालले न्यानो कपडा वितरण गरेको छ। उर्लाबारी १ र ६ का बीसजना वृद्धवृद्धाहरु लाई जनहि ब्ल्याङ्क्वेट वितरण गरिएको हो। अत्यन्तै विपन्न र दलित समुदायका ज्येष्ठ नागरिक छनौट गरी सामग्री उपलब्ध गराइएको यूवा मन नेपालका प्रमुख कार्यकारी किशोर श्रेष्ठले जानकारी दिए। उनका अनुसार सो सहयोग सामग्री उर्लाबारीका सानु लिम्बू र इलाम घर भइ अमेरिका बस्दै आएका मन कुलुङले उपलब्ध गराएका हुन्।

उर्लाबारीको तरुण चौकमा एक कार्यक्रमकाबीच ६ नम्बर वार्डका वाडाध्यक्ष चिन्तामणि पौडेलले ब्ल्याङ्क्वेटहरु वितरण गरे। कार्यक्रममा सामाजिक अगुवाहरु डुण्डुराज भट्टराई, घनश्याम भण्डारी,सुरेश राईलगायतको उपस्थिति रहेको थियो। केहि दिनयता अत्यधिक चिसो बढेपनि जाडो छल्ने लुगा जोहो गर्न सकिएको थिएन, गाउँमा नै आएर लुगादिंदा अब हामी ढुक्क छौ– वृद्ध बलबहादुर विकले भने। कार्यक्रममा बोल्दै वडाध्यक्ष पौडेलले स्थानीयवासीका लागि जहिलेपनि दुःख परेको वेलामा सहयोग गरेको वताउदै यूवा मन नेपालले गरेको कामको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।

समुदायको जीवनस्तर उकास्नका विद्यालय केन्द्रित कार्यक्रम, विपन्नलाई खाद्यान्न, लत्ताकपडा, रोगीलाई औषधिमुलो र सरसफाई केन्द्रित कार्यक्रम लगायतका काम गरेको बताउदै समुदायको आर्थिक तथा सामाजिक परिवर्तनको लागि आफुहरु पनि यूवा मनसंगै साथै रहेको पौडेलको भनाई थियो।


 

प्रकाशित मिति: : 2022-01-18 15:47:00

प्रतिकृया दिनुहोस्