मोरङमा ह्वत्तै बढ्याे काेराेना संक्रमरण

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश–१ को मोरङ जिल्लामा १५ जनामा कोरोना सङ्क्रमण भएको छ। सोमध्ये विराटनगर महानगरपालिकामा नौ जना छन्। सुनसरीमा दुई, झापा, भोजपुर र सङ्खुवासभामा एक/एक जना छन्।

पीसीआरको आधारमा ४३७ को परीक्षण गर्दा २० र १०५ जनाको एन्टिेजन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेशमा आजै नौ महिलासहित १८ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने अहिले पनि प्रदेशमा ९८ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-12-23 18:22:00

प्रतिकृया दिनुहोस्