१८ प्रतिशतले महङ्गियो अमेरिकी पासपोर्ट

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकी सरकारले जनतालाई पासपोर्टमा १८ प्रतिशत  शुल्क बढाएर  क्रिसमस उपहार दिएको छ। 

अहिले  अमेरिकी पासपोर्टको आवेदन शुल्क ११० रहेकोमा डिसेम्बर २७ देखि लागु हुने गरी १३० डलर बनाइएको छ। सेवा शुल्क ३५, पासपोर्ट बुक र कार्डको ३० र मेल खर्च १७.५६ गरी अब एक वयस्क अमेरिकीले पासपोर्टका लागि २१२.५६  डलर ठीक पार्नुपर्ने हुन्छ। वालवालिकाको पासपोर्टका लागि भने १८२.५६ डलरले नै पुग्छ। 

अमेरिकी सरकारले पासपोर्ट जारी गर्दा विभिन्न शीर्षकमा शुल्क लिने गर्छ। यसपटक  सुरक्षा शुल्कमा वृद्धि गर्दा पासपोर्ट महंगिएको हो। अहिलेसम्म पासपोर्टको सुरक्षा शुल्क ६० रहेकोमा ८० बनाइएको छ। यही शुल्कमा २० डलर वृद्धि हुँदा समग्रमा अमेरिकी पासपोर्ट २० डलरले महंगो भएको हो।

अमेरिकी सरकारले पासपोर्टमा १८ प्रतिशत  शुल्क बढाएर  क्रिसमस उपहार दिएको छ।  अहिले  अमेरिकी पासपोर्टको आवेदन शुल्क  ११० रहेकोमा डिसेम्बर २७पछि १३० डलर पुग्ने छ।  सेवा शुल्क ३५, पासपोर्ट बुक र कार्डको ३० डलर, मेल खर्च १७.५६ गरी अब एक वयस्क अमेरिकीले पासपोर्टका लागि २१२.५६  डलर ठीक पार्नुपर्ने हुन्छ।

अमेरिकामा सरकारी कार्यालयमा  पासपोर्ट आवेदन स्वीकार गरिदैन। त्यसका लागि अमेरिकी पोष्टल सर्भिसलगायतका विभिन्न एजेन्सी नियुक्त गरिएका  हुन्छन्। उनीहरूले त्यो सेवा दिएवापत ३५ डलर सेवा शुल्क लिन्छन्। यसैगरी तयार भएपछि पासपोर्ट पठाउन हुलाक टिकटसहितको खाम पनि आफैले  पठाउनुपर्ने हुन्छ, त्यसका लागि १२ दिन लाग्ने मेल डेलिभरीका लागि १७.५६ डलर लाग्छ भने द्रुत सेवाका लागि ६० डलर तिर्नुपर्ने हुन्छ।  

सरकारले अमेरिकी पासपोर्टको सुरक्षा बढाउनका लागि यो रकम खर्च गरिएको बताए पनि यसको प्रत्यक्ष मार अमेरिकी जनतालाई परेको छ।

अमेरिकाकै सबैभन्दा ठूलो चाड क्रिशमशकै बेला बढेको यो शुल्कलाई अमेरिकीहरूले सरकारको उपहारका रूपमा व्यङ्ग्य गरेका छन्।

प्रकाशित मिति: : 2021-12-22 23:26:00

प्रतिकृया दिनुहोस्