राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतले माग गरेको १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।
जिल्ला अदालत रूपन्देहीका तहसिलदार कुमार खतिवडाका अनुसार लामिछानेले १ करोड रुपैयाँ बैंक धरौटी बुझाएका हुन्। बैंक धरौटी बुझाएर उनी अदालतबाट बाहिरिएका छन्।
अदालतबाट बाहिरिँदै लामिछाने (भिडियो)-
आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक कराेड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनले एक करोड धरौटी बैंक ग्यारेन्टी बुझाएका हुन्।
यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की अदालतबाट ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ६० लाख बैंक धरौटीका लागि प्रभु बैंक ग्यारेन्टी बसेको थियो।