राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीले माग गरेको एक करोड रुपैयाँ धरौटी बुझाउने तयारी गरेका छन्।
आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक कराेड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनले एक करोड धरौटी बैंक ग्यारेन्टीमा आजै बुझाउने तयारी गरेका हुन्। धरौटी बुझाउन प्रक्रिया सुरु भइसकेको रास्वपा स्रोतले बतायो।
यसअघि कास्की कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतमा बैंक ग्यारेन्टी बसेको प्रभू बैंक रुपन्देहीमा पनि ग्यारेन्टी बस्न लागेको स्रोतले बतायो।
यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की अदालतबाट ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ६० लाख बैंक धरौटी बुझाएर छुटेका थिए।