बिएल संवाददाता
पूर्वउपप्रधान तथा गृह-रक्षामन्त्री डा. भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’मा नेकपा एमालेका पूर्वमन्त्रीसहित ३ सय ५८ जना नेता-कार्यकर्ताहरूले पार्टी त्याग्दै समाहित भएको घोषणा गरेका छन्।
सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्री तथा एमाले प्रदेश कमिटी सदस्य कृष्णराज सुवेदीसहित कैलालीको गोदावरी र गौरीगंगाका ३५८ जना एमाले नेता-कार्यकर्ताहरूले ‘डा. रावलको देशभक्ति मार्ग’ रोजेको पत्रकार सम्मेलनमार्फत् जनाएका छन्।
त्यसो त एमालेको कारबाहीमा परेका धेरैजसो एमाले नेता-कार्यकर्ताहरू मातृभूमि जागरण अभियानमा थपिने क्रम जारी नै छ।
हप्ता दिनअघि एमाले कैलालीले पार्टीबाट निकालेका पूर्वमन्त्री सुवेदीसहित जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलगायत ३ सय ५८ जनाले एमाले छाडेर नेता रावलको अभियानमा जोडिएको जानकारी दिएका छन्।
रावलनिकट स्रोतकाअनुसार उक्त अभियानमा कैलालीको गोदावरी र गौरिगंगा नगरपालिकाका करिब २ सय ५० भन्दा बढी एमाले संगठित सदस्य रहेको बताइएको छ।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया