बिएल संवाददाता
पूर्वउपप्रधान तथा गृह-रक्षामन्त्री डा. भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’मा नेकपा एमालेका पूर्वमन्त्रीसहित ३ सय ५८ जना नेता-कार्यकर्ताहरूले पार्टी त्याग्दै समाहित भएको घोषणा गरेका छन्।
सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्री तथा एमाले प्रदेश कमिटी सदस्य कृष्णराज सुवेदीसहित कैलालीको गोदावरी र गौरीगंगाका ३५८ जना एमाले नेता-कार्यकर्ताहरूले ‘डा. रावलको देशभक्ति मार्ग’ रोजेको पत्रकार सम्मेलनमार्फत् जनाएका छन्।
त्यसो त एमालेको कारबाहीमा परेका धेरैजसो एमाले नेता-कार्यकर्ताहरू मातृभूमि जागरण अभियानमा थपिने क्रम जारी नै छ।
हप्ता दिनअघि एमाले कैलालीले पार्टीबाट निकालेका पूर्वमन्त्री सुवेदीसहित जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलगायत ३ सय ५८ जनाले एमाले छाडेर नेता रावलको अभियानमा जोडिएको जानकारी दिएका छन्।
रावलनिकट स्रोतकाअनुसार उक्त अभियानमा कैलालीको गोदावरी र गौरिगंगा नगरपालिकाका करिब २ सय ५० भन्दा बढी एमाले संगठित सदस्य रहेको बताइएको छ।
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया