बिएल संवाददाता
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि आफ्नोभन्दा देशको बढी चिन्ता लागेको दाबी गरेका छन्।
पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जेनजी आन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाएको सूचना आफूले पाएको दाबी गरेका छन्।
भदौ २६ गते देशमा राजतन्त्र फर्किन लागेको चर्चा भइरहँदा आफूहरू रातिसम्म राष्ट्रपति निवास शीतलनिवासमा बसेर देशमा अर्को दुर्घटना नहोस् भनेर देशको लागि चिन्ता गरेको दाबी गरे।
प्रचण्डको भनाइ–
नारायणहिटी सफा हुँदैछ, केही घण्टापछि देश अकैं युगमा जाँदैछ भन्ने चर्चा परिचर्चा हुँदै थियो । पछि हामीले बुझ्दा सफा त गर्न लगाएकै रहेछन्। नारायणहिटी सफा गर्न लगाउने भनेपछि कस्तो त स्थिति ? जनता र नेताको सम्बन्ध कटेको छ। कार्यकर्तासँग पनि कटेको छ। असाधारण परिस्थितिबाट देश गुज्रिएको थियो। २६ गते यो देशलाई अर्को दुर्घटनाबाट बचाउने भन्नेतिर हाम्रो दिमाग गएको थियो। हामी आफूलाई के हुने भन्ने कुनै टेन्सन थिएन।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया