मङ्गलबार, ३० जुन २०२६

मनोज पण्डितले पाए यस वर्षको ‘फ्रिडम फिल्ममेकर रेकग्निसन’

News Image
• • •

हालै सम्पन्न २०२६ ‘सम्थिङ लाइक ए फिल्म फेस्टिबल’को समापन समारोहमा फ्रिडम फिल्ममेकर रेकग्निसन बाट चलचित्रकर्मी मनोज पण्डितलाई सम्मान गरिएको छ। 

२०१८ देखि फ्रिडम फिल्ममेकर रेकग्निसनले सृजनात्मक चलचित्र निर्माणका लागि आवश्यक पहल गर्दै आएका चलचित्रकर्मी, सांस्कृतिक संरचनाहरूलाई वर्षेनी सम्मान गर्ने गरेको छ।

यस वर्षको सम्मान पाएका मनोज पण्डित चलचित्रमा सबैको खुला पहुँच र सेन्सरसिप बन्द गरिनुपर्ने सवालको अगुवाई गर्दै आएका छन्। विगतमा हुदै आएको पैरवीकै कारण हालै नेपाल सरकारले सेन्सर बोर्डलाई नामाकरण गरि चलचित्र जाँच समिति बनाएको छ।

यससँगै चलचित्रमा हुनेगरेको सेन्सर अब नगरिने, र सोको विकल्पमा चलचित्रलाई सामाग्री अनुसार रेटिङ् गराई देखाउन पाइने व्यवस्था गरेको छ। यस अभियानको अगुवाई मनोज पण्डित लगायतले गर्दै आएका थिए। 

फ्रिडम फिल्ममेकर रेकग्निसन डक्स्कुलले सुरु गरेको पहल हो। यससँगै आज सम्थिङ लाईक ए फिल्म फेस्टिबलमा युवा चलचित्रकर्मी मिहिर प्याकुरेल तथा निशित थापाले पनि उत्कृष्ट डेब्यु फिल्म (I Listen for the sound of Ashes) पुरस्कार र अडियन्स च्वाइस अवार्ड (The Bus to Bagbazar) प्राप्त गरे।

२०२६ को सम्थिङ लाईक ए फिल्म फेस्टिबलमा युवा तथा पहिलो पटक चलचित्र बनाएकाहरूको ४० भन्दा धेरै चलचित्र प्रदर्शनीमा थियो। महोत्सव १२–१५ असारसम्म ऐरावत पिक्चर हाउसमा आयोजना भएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!