राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरूद्ध जिल्ला अदालत रूपन्देहीमा जारी थुनछेक बहस सकिएको छ।
न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा आइतबार लामिछानेका कानुन व्यवसायीहरू, सरकारी वकिल र जाहेरवाला पक्षका वकिलले जवाफी बहस गरेपछि थुनछेक बहस सकिएको हो।
जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र रमणकुमार कर्णले जवाफी बहस गरेका थिए। अब केहीबेरमा थुनछेक आदेश आउनेछ। लामिछानेलाई साधारण तारेखमा छोड्ने वा धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश आउनेछ।
गत बुधबार अदालतमा उपस्थित भएका लामिछानेको बयान लिएर बिहीबारबाट थुनछेक बहस सुरु भएको थियो। लामिछानेलाई उदालतमा उपस्थित हुने सर्तमा परिवार र कानुन व्यवसायीको जिम्मा लगाइएको थियो।