सन् २०२३ को लागि डीभी खुल्यो, यसरी भर्नुहाेस् फारम !

संयुक्त राज्य अमेरिकाले डाइभर्सिटी भिसा (डीभी)काे आवेदन खुलेकाे छ। नेपाली समयअनुसार राति पाैने १० बजेदेखि फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ।

सन् २०२३ का डीभी बिजेताले सोही वर्षको सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्न सक्ने भएका छन्। रिजल्ट चाहिँ सन् २०२२ को मे महिनामा आउने छ।

एक व्यक्तिले एक पटक मात्र आवेदन दिन सक्नेछन्। एकभन्दा बढी पटक आवेदन फारम भर्ने व्यक्ति डीभीका लागि अयोग्य ठहरिने दूतावासले जनाएको छ। 

फारम भरिसकेपछि प्राप्त गरिएको कन्फरमेसन नम्बरलाई आवेदकले सुरक्षित राख्नु पर्नेछ।

कम्युनिस्ट देशका नागरिक र देशविहीनहरूका लागि पनि इन्टरनेशनल ट्राभल पासपोर्ट नम्बर नचाहिने आवेदनको सूचनामा उल्लेख छ। डिभी भर्नका लागि  www.dvlottery.state.gov मा गई  फारम भर्नुहाेस्।


डीभी भर्दा ध्यान दिनुपर्ने कुराहरू–

१. दिइएको निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्नुहोस्।

२. आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नुहोस्।

३. विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्नुहोस्।

४. वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुहोस्।

५. स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरुको लागि शुल्क नतिर्नुहोस्।

डिभीको आवेदन निःशुल्क रहेकाे छ। आवेदन बुझाउनुअघि वेबसाइटमा राखेका सुझावहरू राम्ररी पढ्नुहोस्।

प्रकाशित मिति: : 2021-10-06 19:38:00

प्रतिकृया दिनुहोस्