सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
बिएल संवाददाता
चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटमा चितवन टाइगर्सले दोस्रो जित निकालेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार काठमाडौं किङ्स-११ लाई ३ विकेटले हराउँदै चितवनले दोस्रो जित निकालेको हो।
काठमाडौंले दिएको १ सय ४२ रनको लक्ष्य चितवनले १८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो।
चितवनकाे जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक २६ तथा कमल सिंह ऐरी २३ रन बनाए। यस्तै, दिलिप नाथले २३ रन, करिम जनतले २१ रनकाे याेगदान गरे।
काठमाडौंका जितेन्द्र मुखिया र रायन बर्लले २/२ विकेट तथा जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले १/१ विकेट लिए।
यसअघि,पहिले ब्याटिङ् गरेकाे काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो। जसका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए। राजु रिजालले २८,जनक प्रकाशले २६ रन, रहमानउल्लाह गुर्बाजले ५, अमित श्रेष्ठले ६, अमर रौटेला ५, गुलशन झाले ४ रन बयाेगदान गरे।
चितवनका सागर ढकालले ४ विकेट लिए। करिम जनतले दुई विकेट लिए।
याे जितसँगै चितवन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया