पौडेलले मागे तीन मन्त्री, क्रियाशील विवादमा पर्‍यो देउवासँग चर्काचर्की

File Photo
File Photo

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन जना मन्त्री मागेका छन्। बालुवाटारमा बसेको बैठकमा पौडेल खेमाले बुधबार तीन जना मन्त्री माग गरेको हो।

मन्त्रीको टुंगो लाग्न नसकेपछि वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंह बैठकबाट हिँडेका छन्।

पौडेलको सचिवालयका अनुसार छलफलका क्रममा रौतहट र सर्लाहीको क्रियाशील विवादलाई लिएर पौडेल र सिंहको देउवासँग चर्काचर्की भएको थियो। यी दुवै जिल्लाका कार्यकर्ता क्रियाशील सदस्यता विवादलाई दिएर अनशनमा छन्। 

विवाद समाधान गरेर अनशनरत कार्यकर्तालाई दशैँ मान्ने वातावरण बनाउनुपर्ने पौडेल र सिंहको माग थियो।

प्रकाशित मिति: : 2021-10-06 19:29:00

प्रतिकृया दिनुहोस्