माओवादी केन्द्रबाट मन्त्री बन्दै यी नेताहरू

File Photo
File Photo

नेकपा माओवादी केन्द्र बाट मन्त्री बन्नेहरूको नाम टुंगो लागेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशि श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको माओवादी केन्द्रका एक सदस्यले जनाएका छन्।

यसअघि माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल सरकारमा सहभागी भएका छन्।

बुधबार बसेको सत्तारुढ दलको बैठकले कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादी केन्द्रले छ, नेकपा (एस) र जसपाले चार/चारवटा मन्त्रालय लिने सहमति भएको थियो।

यस्तै, नेकपा (एस), माओवादी केन्द्र र जसपाले एक/एक राज्यमन्त्री पाउने सहमति भएको थियो।

प्रकाशित मिति: : 2021-10-06 19:02:00

प्रतिकृया दिनुहोस्