एमालेमा थपियो वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद 

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेमा अब वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ।

ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव रहने बताएका हुन्।

उनका अनुसार एमालेमा अब एक जना अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात जना सचिव हुनेछन्।

यसअघि एमालेमा उपमहासचिव हटाउने प्रस्ताव गरिएको थियो।

अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ।

प्रकाशित मिति: : 2021-10-03 14:35:00

प्रतिकृया दिनुहोस्