कांग्रेस सोलुखुम्बु वडा सभापति

कांग्रेसका सभापति हातहतियार खरखजनामा पक्राउ

बिएल संवाददाता

सोलुखुम्बु
File Photo
File Photo

नेपाली कांग्रेस थुलुङ दूधकोशी गाउँपालिका–७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन्।

काठमाडौं जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए।

हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राई पक्राउ परेका हुन्।

हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६  अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवथा छ।

प्रकाशित मिति: : 2022-02-03 08:06:00

प्रतिकृया दिनुहोस्