लोकतान्त्रिक समाजवादी पार्टी छोडेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन्।
गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन अध्यक्ष केपी शर्मा ओलीले लेखीलाई टीका लगाएर एमाले प्रवेश गराएका हुन्। लेखीसहित ५५ जना एमाले प्रवेश गरेका छन्।
आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष तथा थारु कल्याणकारिणीसभाका पूर्वमहामन्त्री लेखीले असोज १४ गते मात्र लोकतान्त्रिक समाजवादी छाडेका थिए।