सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधान्यायाधीशलाई सफाइ दिएको छ।
शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई सफाइ दिएको हो।
चार पूर्व प्रधानन्यायाधीशले २०७७ पुस २४ गते संयुक्त विज्ञप्ति निकालेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा गरेको संसद विघटन असंवैधानिक भनेका थिए।
अदालतमा विचाराधीन मुद्दालाई प्रभावित बनाएको भन्दै अधिवक्ता धनजीत बस्नेतले चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए।