सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’मा परेको छ।
बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त मुद्दा ‘हेर्न नमिल्ने’मा राखेको हो।
प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा पहिलो नम्बरमै सुनुवाइका लागि पेसी तोकिएको मुद्दा हेर्न नमिल्नेमा परेको हो।
यसअघि भदौ १६ गते पेशीमा चढेको सभामुखविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो। उनको मुद्दा पटक-पटक पेसी चढ्दै आएको छ।
सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेको छ। हत्यामा सापकोटा संलग्न रहेको भन्दै लामाकी श्रीमती पूर्णिमा लामाले २०६८ सालमा मुद्दा दर्ता गरेकी थिइन्।