थप उपचार गर्न वर्षमान पुन थाइल्याण्ड प्रस्थान

File Photo
File Photo

नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन्। 

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमार्फत् बैंकक प्रस्थान गरेको स्वकीय सचिव सन्ताेष पुनले जनाएका छन्।

जन्डिसका कारण ललितपुरस्थित सुमेरु अस्पतालमा दुई दिनदेखि उपचाररत उनलाई थप उपचार गर्न थाइल्याण्ड लगिएकाे हाे।

पूर्वमन्त्री पुन पत्नी ओनसरी घर्तीसँगै बैंकक प्रस्थान गरेका छन्। जन्डिसको समस्या बढेपछि बैंकक लगिएकाे बताइएकाे छ। चार वर्षअघि पुनकाे उपचार बैंककमै गरिएको थियो।

प्रकाशित मिति: : 2021-09-29 07:15:00

प्रतिकृया दिनुहोस्