कन्हैया कुमारकाे राजनीतिक यात्रा: कम्युनिष्ट छाडेर कांग्रेसतिर

Photo: PTI
Photo: PTI

भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का युवा नेता, जवाहरलाल नेहरू विश्वविद्यालय विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमारले कांग्रेस पार्टी प्रवेश गरेका छन्। 

नयाँदिल्लीस्थित मुख्यालयमा मङ्गलबार कांग्रेस पूर्वअध्यक्ष राहुल गान्धी, प्रवक्ता रणदीप सुरजेवाला, पार्टी महासचिव केसी वेणुगोपालले कन्हैयासँगै गुजरातका स्वतन्त्र दलित सांसद जिग्नेश मेवानीलाई समेत पार्टीमा स्वागत गरे।

अघिल्लाे निर्वाचनमा बिहार राज्यको बेगूसराय क्षेत्रबाट लाेकसभा चुनाव लडेका कन्हैया 'महात्मा गान्धी र भगत सिंहको विचार फैलाई देश बचाउन' कांग्रेस प्रवेश गरेका हुन्। उनकाे टिप्पणीअनुसार देश बचाउनुअघि कांग्रेस बचाउने छन्।

कम्युनिष्ट छाडेर कांग्रेसतिर–

बिहारमा कांग्रेससँग युवा नेता छैनन्। जो– राज्यभर प्रभावशाली बन्न सकूँन्। त्यसकारण पनि कांग्रेस उनको राजनीतिक यात्रामा सम्भावना देख्छ। राजनीतिक विश्लेषकहरू भन्छन्– बिहारमा कन्हैयाको जरुरी छ।

कन्हैया भारतीय जनता पार्टी र नरेन्द्र मोदीको खरो आलोचक हुन्। उनको राजनीति भाजपा र मोदीको चर्को विरोधीमा आधारित छ। 

जेएनयू काण्डले उनलाई राष्ट्रिय राजनीतिको चर्चामा ल्यायो। त्यसैले उनी भाजपामा जान सक्दैन्थे। बिहारका क्षेत्रीय दलहरू संसदीय राजनीतिको लागि उपयुक्त छैनन्। उनको लागि पक्कैपनि एउटा राष्ट्रिय राजनीतिक पार्टी चाहिन्थ्यो। कन्हैयाको अघि कांग्रेस बाहेक अर्को कुनै विकल्प थिएन।

सीपीआई रक्षात्मक अवस्थामा गुज्रिरहेको छ। भारतका प्रायः कम्युनिष्ट पार्टीहरू जनताको सामिप्यताबाट टाढिदै छन्। उर्जावान युवाहरू विचारमा प्रष्ट भएतापनि सङ्गठन कमजोर छ। यस्तो स्थितिमा कन्हैया कुमार राजनीतिमै भविस्य बनाउन चहान्छन्। वास्तवकमा उनी पछिल्लो दुई वर्षयता नयाँ विकल्पको खोजीमा लागिपरेका थिए। 

कन्हैया चारैतिर छाउँदासमेत सीपीआई मौन रह्यो। सन् २०१९ काे निर्वाचनमा पार्टीले प्रभावकारी प्रचार नगरेको उनी आफै बेलाबेला बताउँथे। 

कन्हैया विचार र बहसमा पूर्ण छन्। उनी चुपचाप नबोली र टुलुटुलु हेरेर बस्न सक्दैनन्। पछिल्लो समय पार्टीभित्र सक्रियता नदेखाउँदा सीपीआईले उनीविरुद्ध फेब्रुअरीमै समीक्षा गरेकाे थियाे।

कन्हैयाले सन् २०२० को अन्त्यतिर पार्टीको पटना कार्यालयस्थित कार्यालय सचिव इन्दुभूषण वर्मामाथि आक्रमण गरेको खुब् चर्चा चल्यो। जतिबेला सीपीआई राष्ट्रिय परिषद्को बैठक हैदराबादमा भइरहेको थियो।

कन्हैया पार्टीको राज्य प्रमुख बन्न नपाएपछि कांग्रेस प्रवेश गरेको सीपीआईले आरोप थुपारिदिएको छ। पार्टीले उनलाई सन् २०१९ को लोकसभा निर्वाचनमा उम्मेदवार बनाएपनि भाजपा नेता गिरिराज सिंहसँग ४ लाख भन्दा बढी भोटले हारे। कन्हैयाको पक्षमा भीड तातियाे तर जित्न सकेनन्।

प्रकाशित मिति: : 2021-09-29 06:23:00

प्रतिकृया दिनुहोस्