नेकपा एमाले ओली पक्षीय स्थायी कमिटी बैठकको निर्णय विपरीत सुदूरपश्चिम सरकारमा सहभागी प्रकाशबहादुर शाहले प्रदेश सांसद पठानसिंह बोहरालाई कारबाहीको चेतावनी दिएका छन्।
स्पष्टीकरणको जवाफ नदिएपछि शाहले संसदीय दलको नेताका हैसियतले कारबाहीको चेतावनी दिएका हुन्।
प्रदेश कमिटीले शाहसहित तीन जना ओली पक्षीय सांसदलाई पार्टीको सदस्यसमेत नरहनेगरी निकालिसकेको छ।