प्रचण्डले भने- राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता हुन्छ

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता हुने बताएका छन्।

प्रचण्डले स्थायी कमिटीको सोमबार बसेको बैठकमा अध्यादेश फिर्ता लिने सहमति भएको ब्रिफिङ गरेका हुन्।

एक स्थायी कमिटी सदस्यका अनुसार अध्यादेश फिर्ता लिएर सरकारलाई शीघ्र पूर्णता दिने विषयमा पहल गर्ने प्रचण्डले ब्रिफिङ गरेको थिए।

शीर्ष नेताहरूकाे बैठक बसेर मन्त्रालय भागबण्डा गर्ने र पर्सिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2021-09-27 12:47:00

प्रतिकृया दिनुहोस्