ओम आचार्य
पहिला-पहिला मलाई भिड मन पर्थ्याे
भिडमा रमाउँथे,
भिडमा सुरक्षित महशुस हुन्थ्यो
बस्ती मन पर्थ्यो
र बस्तीका मानिस मन पर्थ्याे,
ति मानिसहरुमा
घुलमिल हुन आनन्द लाग्दथ्यो
जुलुस र नारा मन पर्थ्यो
शून्य त मृत्यु लाग्दथ्यो
अहिले मलाई
त्यही शून्य मनपर्छ
एकान्त र
शून्य नै जीवन लाग्न थालेको छ।
भिडदेखि टाढा हुन मन लागेकाे छ,
भिडदेखि डर लाग्न थालेको छ,
जुलुस नारासँग उच्चाटन् हुन थालेको छ
बस्ती-बस्तीका मानिस पनि
मान्छेदेखि मान्छे टाढा हुँदै
अहिले घरभित्रै आनन्द र सुरक्षित
महशुस हुन थालेको छ,
अहिले मान्छेदेखि मान्छे
टाढा हुन थालेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया