कर्णालीः हेलिकप्टरबाट डाेल्पा पुगे मुख्यमन्त्री शाही, घाँटीमा लगाए ४० किलाेकाे माला (तस्वीरहरू)

Breaknlinks
Breaknlinks

शनिबारदेखि सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल बनिरहेकाे छ। तस्वीरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, पर्यटन मन्त्री नन्द सिँह बुढा र गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायकाे घाँटीमा करिब ४० किलाेकाे माला झुन्डिएकाे छ। 

त्यसाे त उक्त तस्वीरलाई कतिपयले सकारात्मक तरिकाले नै टिप्पणी गरेका छन् भने, कतिपयले भने व्यापक आलाेचना गरिरहेका छन्। यहाँसम्म कि, कतिपयले 'कहीँ नभाकाे जात्रा, हाडिगाउँमा'समेत भन्न भ्याएका छन्।

'आखिर उक्त तस्वीर कहाँ खिचिएकाे हाे ?' 

अहिले सबैकाे चासाे विषय भनेकै यही हाे। वास्तवमा भएकाे के थियाे भने, डोल्पाको जगदुल्ला गाउँपालिकाले शनिबार बिहान आफ्नै प्रशासकिय भवनकाे उद्घाटन कार्यक्रम राखेकाे थियाे। 

साेही कार्यक्रममा प्रमुख अथिति बनेर प्रदेशका मुख्यमन्त्री शाही हेलिकप्टर चार्टर गरेर त्यहाँ पुगेका थिए।  उनीसँगै अथितिकाे लागि प्रदेशका अर्थमन्त्री गोपाल शर्मा, पर्यटन मन्त्री नन्द सिँह बुढा, पुर्व कानून मन्त्री नरेश भण्डारी र प्रदेश सभा सदस्य बद्मीक्वारी बोहोरालगायत त्यहाँ पुगेका थिए। 

सबै अथिति कार्यक्रमस्थलमा पुगेपछि स्थानीयहरुले स्वागतकाे लागि तयार पारेकाे करिब ४० किलाे बराबरकाे माला उनीहरुकाे घाँटीमा लगाइदिएर भव्य स्वागत गरे। ठीक त्यतिबेला खिचिएकाे तस्वीर शनिबारदेखि समाजिक सञ्जालमा भाइरल बनिरहेकाे छ।

स्थानीय सरकार र संघीय सरकारको साझेदारीमा साढेँ चार करोड लागतमा निर्माण भएकाे ३२ कोठे भवनकाे उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णालीमा सुनको थुप्रो भए पनि सदुपयोग गर्न नसकिएकाे बताए।

साथै उनले प्रदेश सरकारले कर्णालीमा रहेका प्रचुर सम्भावनहरुको पहिचाहन गरिरहेको र कर्णालीको भाग्य रेखा कोर्नसमेत दत्तचित्त भएर लागेकाे पनि दावी गरे।

त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री गोपाल शर्माले जगदुल्ला हाइड्रो पावरले नै यहाँका जनताको भविश्य सुनिश्चित गर्ने बताएका छन्।

प्रकाशित मिति: : 2021-09-26 12:36:00

प्रतिकृया दिनुहोस्