प्रचण्ड राति सुटुक्क पुगे देउवानिवास, प्रदेश १ र बागमतीमा माधव नेपालकाे पार्टीले नेतृत्व गर्ने

प्रदेश नं १ र बागमती प्रदेशमा नेकपा (एस)ले नेतृत्व गर्ने भएको पक्का भएको छ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले शुक्रबार एक सार्वजनिक कार्यक्रममा बोल्दै आफूहरु दुई प्रदेशको नेतृत्वसहित सरकारमा सहभागी हुने स्पष्ट पारे।

अहिले सत्ता गठबन्धनका दलहरुबीच भागबन्डाको सहमतिका लागि अन्तिम छलफल भइरहेको छ। यही विषयमा छलफल गर्न प्रचण्ड शुक्रबार राति गाेप्य रूपमा देउवा निवास पनि पुगेका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवानिकटका एक नेताले बिएल नेपाली सेवालाई जानकारी दिए अनुसार आगामी सोमबारसम्म मन्त्रिपरिपरिषदले पूर्णता पाउने गरी गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भइरहेको हाे।

उनले भने, 'शुक्रबार साँझ प्रचण्डजी र प्रधानमन्त्रीबीच उपलब्धीमूलक भेटवार्ता भयो। अब तपाईहरु ढुक्क हुनुस्, मन्त्रिपरिषदले जसरी पनि सोमबारसम्म पूर्णता पाउने छ। प्रचण्डजीले केही नयाँ नेताहरूकाे नाम सिफारिश गर्नुभएकाे छ।'

भेटवार्तामा प्रचण्डले प्रधानमन्त्री देउवालाई आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने केही मन्त्रीहरुको नाम सिफारिश गरेका छन्। ती नेताका अनुसार प्रचण्डले यसअघि मन्त्री बनिसकेकाहरुलाई भन्दा पनि नयाँ नेताहरुलाई प्राथमिकतामा राखेर नाम सिफारिश गरेका हुन्। 

प्रकाशित मिति: : 2021-09-25 07:54:00

प्रतिकृया दिनुहोस्