किसान महासंघको संयुक्त राष्ट्रिय भेला सुरु, बुर्जुवा सरकारले किसानलाई दरिद्रतातर्फ धकेलेको आरोप

अखिल नेपाल किसान महासंघको संयुक्त राष्ट्रिय भेला शुक्रबारबाट चितवनको भरतपुरमा सुरु भएको छ।

सो भेलाको नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले उद्घघाटन गर्दै किसानको बिवकास र समृद्धिले मात्र देश उन्नति सम्भव हुने बताए।

कृषिको सहकारीकरण गरेर किसानको उत्पादन र बजारीकरणलाई व्यवस्थित गर्नुपर्ने आजको आवस्यकता रहेको बताए। भूमिहीन किसानको समस्या समाधान गर्न गठन गरिएको भूमि समस्या समाधान आयोग खारेज गरेर यो बुर्जुवा सरकारले किसानहरुलाई दरिद्रतातर्फ धकेलेको आरोप लगाए।

अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष डा. प्रेम दंगालको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल किसान महासंघ चितवनका इञ्चार्ज शम्भु सुबेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

विषयगत उत्पादक, सामुदायिक र वर्गीय किसानका २२ संगठनका प्रतिनिधिहरुको कार्यक्रममा सहभागीता रहेको छ। भोलिसम्म जारी रहने सो संयुक्त राष्ट्रिय भेलामा किसानका सबै प्रदेश कमिटी र ७७ जिल्लाका ३०० भन्दा बढी किसान प्रतिनिधिको सहभागीता रहेको अखिल नेपाल किसान महासंघ चितवनका सचिव सिपी अधिकारीले जानकारी दिए।

सो भेलामा २२ विषयगत संघको समुहगत छलफल हुनेछ भने कृषिमा आत्मनिर्भरता, व्यावसायिक कृषि र कृषिमा आधुनिकिकरणका सन्दर्भमा राष्ट्रिय भेलामा छलफल हुने छ। सो भेलाले किसानको समस्या र मुद्दालाई एकताबद्ध ढंगले उठानगरी अगाडी लगिने अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष डा. प्रेम दंगालले जानकारी दिए।

राष्ट्रिय भेला पश्चात किसान महासंघले शनिबार चितवन घोषणा पत्र जारी गर्ने समेत जनाइएको छ।

प्रकाशित मिति: : 2021-09-24 18:26:00

प्रतिकृया दिनुहोस्