अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
बिएल संवाददाता
नेकपा एमालेको सुर्खेतकाे ९९ वटा वडामा भएको अधिवेशनमा ८० वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन्। मंगलबार भएको वडा अधिवेशनमा ८० वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने बाँकी १९ वटा वडामा विवाद छ।
६ कात्तिकमा देशभरका वडा अधिवेशन सम्पन्न भए पनि सुर्खेतमा ९ कात्तिकमा वडा अधिवेशन भएको हो। निर्वाचन सम्पन्न भएका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले बताए।
वडा कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता रहेको भए पनि नेतृत्व तहमा न्यून महिलाको सहभागिता देखिएकाे छ। निर्वाचन सम्पन्न भएका ८० मध्ये ७८ वडाको नेतृत्व पुरुषले लिएका छन्। दुई वडाको नेतृत्व महिलाको हातमा पुगेको छ। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ र १० को नेतृत्व महिलाले लिएका हुन्।
सुर्खेतको वीरेन्द्रनगरपालिका वडा नम्बर ८ मा देवी पौडेल र वडा नम्बर १० लक्ष्मी शाही अध्यक्षमा निर्वाचित भएका हुन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया