रुपन्देही अदालतमा उपस्थित हुँदै रवि लामिछाने

रुपन्देहीको बुटवलस्थिथ सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा मुद्दा दायर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुँदै छन्। उनीविरुद्ध संगठित अपराधमा पनि मुद्धा दर्ता भएको छ।

बुधबार लामिछानेको बयान र थुनछेक बहस हुने छ। यदि थुनछेक बहस नसकिएमा काठमाडौं जिल्ला अदालतले झैं रुन्देही अदालतले पनि लामिछानेलाई प्रहरी हिरासतमा पठाउने सम्भावना छ।

सुप्रिम सहकारीको १४ करोड बचत रकम गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्कमा लगिएको भन्दै लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार पुरक मुद्दा दर्ता भएको थियो। लामिछाने तत्कालिन समयमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक थिए।

सहकारीका १० हजार ३९१ बचतकर्ताको गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँ रकम अपचलन भएको प्रहरी अनुसन्धान निष्कर्ष छ।

लामिछानेलाई व्यक्तिगत रुपमा २ करोड र गोर्खा मिडियाका नाममा गएको २ करोड १५ लाख २८ हजार (सामुहिक दायित्व) गरी कूल ४ करोड १५ लाख २८ हजार रुपैयाँ बिगो माग गरिएको छ।

पुरक मुद्दा सहित ४२ जनाविरुद्ध झण्डै डेढ अर्ब बिगो माग दाबी गरिएको छ।

प्रकाशित मिति: : 2025-01-22 09:39:00

प्रतिकृया दिनुहोस्