एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल, झाँक्रीले पाइन् सचिवको जिम्मेवारी 

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एकीकृत समाजवादीको अनौपचारिक बैठकले पदाधिकारीमा सहमति जुटाएको छ। एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेका अनुसार पार्टीका चार उपाध्यक्ष र महासचिव तथा उपमहासचिवको नाम टुंगो लागेको हो।

पार्टी महासचिवमा डा. बेदुराम भुसालको नाममा सहमति जुटेको नेता पाण्डे बताए। त्यस्तै उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमालको नाम टुंगो लागेको छ। उपमहासचिवमा डा. विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला रहने छन्।

सचिवमा भने रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ चयन हुनेछन्। यी नामलाई आज बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने छ भने पोलिव्युरो र केन्द्रीय कमिटी पनि विस्तार हुने पाण्डेले बताए।

एकीकृत समाजवादीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १,उपाध्यक्ष ७, महासचिव १,उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पुर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ।

प्रकाशित मिति: : 2021-09-23 12:21:00

प्रतिकृया दिनुहोस्