नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्री खड्काले शपथ लिएका हुन्।
समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना उपस्थित थिए। मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन्।