इस्मायल सुब्बा
ठोक्किएर लड्नु र उठ्नुको मजा
के थाहा ती नलड्नेहरुलाई
कि उठाउने हातहरु हुन्छन् वरपर।
नभएर केही पनि पछि हुनु केही
के आभाष ती भएकाहरुलाई
कि यो अनुभूति छ कति सुखद।
कहिले काहिँ हारेर पनि जित्नुको आनन्द
के बुझोस् ती सधैं जित्न चाहनेहरुले
अरुको मुहारमा आएको हासो को मूल्य।
हराएर पाउनुको खुशी
के थाहा नहराउनेहरुलाई
कि कति अमूल्य छ हराएको कुरा।
भत्किएर बनिनु र आकार पाउनुको उत्साह
के अर्थ ती भत्किनु नचाहनेहरुलाई
कि कति मीठो छ बनिनुको प्रक्रिया।
कमजोरी मा पाउनु बल,
डरमा पाउनु साहस,
अँध्यारोमा पाउनु प्रकाश,
के थाहा तिनिहरुलाई
यस्तो कुराहरुको मजा,
जसले आफैलाई भनिरहन्छ शक्तिशाली।
के थाहा तिनीहरूलाई
कि हामी हामी एकार्काको
अँगालो हरु हौ।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया