सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन केपी ओली सरकारले राजनीतिक आधारमा नियुक्ति गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
सरकारको यो निर्णयसँगै अमेरिकाका लागि राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि राजदूत लोकदर्शन रेग्मी लगायत फिर्ता हुनुपर्ने भएको छ।