कुलमानको नियुक्तिविरुद्धको रिट निवेदन प्रधानन्यायाधीशको इजलासमा

फाइल तस्वीर
फाइल तस्वीर

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरुद्ध दायर भएको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ।

कुलमानलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिट निवेदन प्रधानन्यायाधीश जबराको इजलासमा राखिएको हो।

यसअघि पनि उक्त रिट पेसी तोक्ने क्रममा प्रधानन्यायाधीश जबराले आफ्नै इजालसमा राखेका थिए तर सुनुवाइ भने हुन सकेको थिएन।

निवर्तमान कार्यकारी निर्देशक शाक्यले कुलमानको नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिटमा शाक्यले आफूलाई गैरकानूनी तवरबाट प्राधिकरणको निर्देशक पदबाट हटाइएको दाबी गर्दै पुनः नियुक्तिको माग गरेका छन्।

प्रकाशित मिति: : 2021-09-21 11:35:00

प्रतिकृया दिनुहोस्