प्रचण्डकाे यथार्थ टिप्पणी- 'जनताले नै माओवादीलाई खाओवादी भन्न थाले'

File photo
File photo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पछिल्लाे समय नागरिकहरूले राजनीतिलाई विश्वास गर्न छाडेकाे बताएका छन्।

उनले आफ्नै पार्टी माओवादीलाई समेत 'खाओवादी' भन्न थालेकाे यथार्थ टिप्पणी गरेका हुन्।

साेमबार केन्द्रीय कार्यालयमा सूर्यनाथ रान यादवको स्मृति दिवसमा आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका थिए। उनले भने, 'अब हामीलाई माओवादी होइन, जनताले खाओवादी भन्न थालेका छन्।'

पछिल्लाे समय आफ्नाे पार्टीसहित अन्य दलभित्रै स्वार्थ र सत्ताकाे लागि चलेकाे आन्तरिक द्वन्द्वका कारणले जनतामाथि राजनीतिकाे विश्वास हराउँदै गएकाे उनकाे स्वीकाराेक्ति छ।

राजनीतिभित्र अहिले चलिरहेकाे 'कूसंस्कार'लाई नयाँ पुस्ताका नेताहरुले अन्त्य गर्नुपर्नेमा उनले जाेड दिएका छन्। 

प्रकाशित मिति: : 2021-09-20 21:24:00

प्रतिकृया दिनुहोस्