संसारभर

१५ तस्बिरमा विश्वभरका गतिविधि

Photo - REUTERS
Photo - REUTERS

अहिले संसार एकातिर घाम र अर्काेतिर पानीबाट उत्पन्न समस्यासँग लडिरहेको छ। विश्वका केही देशमा वर्षासँगै आएको बाढी, पहिरो र आँधीसँग जुधिरहेका छन्। कति देश पृथ्वीको तापक्रम बढ्दै जाँदा समस्यामा परिरहेका छन्।

यससँगै गत हप्ता पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अदालती प्रक्रिया, क्यानडका प्रधानमन्त्री अस्टिन ट्रुडोको श्रीमतीसँगको पारपाचुके, चीनको बाढी र पेरुमा राष्ट्रपतिका माग गर्दै गरिएको प्रदर्शन चर्चामा रहे।

संसारभर छरिएका रोयटर्सका फोटो पत्रकारहरुले गत हप्ता आफ्नो क्यामरामा कैद गरेका तस्बिरहरुमध्ये सम्पादकको छनोटमा परेका केही उत्कृष्ट तस्बिरहरु प्रस्तुत छ :


१. वासिङ्ग्टन राज्यस्थित क्यानडा र अमेरिकाको सीमानजिक क्यानडातर्फ जंगलमा आगो लागेको हेर्दै दुई अमेरिकी बालबालिका।

२. पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्प अदालतमा हाजिर हुँदाको काल्पनिक स्केच।

३. स्पेनको ग्रान क्यानारिया टापुको अर्गुइनगुइनस्थित पहाडमा हिँड्दै महिलाहरु, पृष्ठभूमिमा ‘स्टर्जन मुन’ भनेर चिनिने पूर्णचन्द्र।

४. अमेरिका र मेक्सिको सीमास्थित टेक्सासको इगल पासमा रहेको करेन्ट दौडेको काँडे तारबाट जोखिम मोलेर अमेरिका पस्दै गैरकानुनी आप्रवासीहरु।

५. हालै श्रीमतीसँग पारपाचुके गरेका क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो क्यानडाको टोरन्टोमा रेलमा यात्रा गर्दै।

६. पेरुको लिमामा राष्ट्रपति डिना बोलुआर्टेको राजीनामा माग गर्दै राष्ट्रिय प्रदर्शनका क्रममा प्रहरी अधिकारीहरूसँग सरकार विरोधी प्रदर्शनकारीहरूबीच भएको झडप।

७. ट्विटरको मुख्यालयमा रहेको नयाँ लोगो, सन् फ्रान्सिस्को, क्यालिफोर्नियामा।

८. हलिउडमा गत एक महिनादेखि चलिरहेको लेखक र सिनेकलाकारहरुको जुलुसमा सहभागीहरु, लस एञ्जलस, क्यालिफोर्नियामा।

९. चीनको हेबेई प्रान्तको झुओझोउमा वर्षा र बाढीपछि मानिसहरू बाढी आएको आवासीय परिसरको छतमा।

१०. वर्षा र भर्खरै आएको डोक्सुरी आँधीका कारण जलमग्न भएको सडकमा हिँड्दै सर्वसाधारण बालागटास, बुलाकान प्रान्त, फिलिपिन्समा।

११. बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)का समर्थकहरू राजधानी ढाका प्रहरीको सशस्त्र सवारी साधनमा आक्रमण गर्दै।

१२. अमेरिकाको राजधानी वासिङ्ग्टन डिसीमा बस चढेर घुम्दै पर्यटकहरु।

१३. फ्रान्सको राजधानी पेरिसमा वर्षाबाट बच्न छाता ओडेर आइफेल टावर हेर्दै पर्यटकहरु।

१४. अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक उनको मुखौटा लगाएर आफ्नो गन्तव्यतर्फ जाँदै।

१५. डोक्सुरी आँधीका अवशेषले चीनको बेइजिङमा वर्षा र बाढी ल्याएपछि क्षतिग्रस्त पुल।

प्रकाशित मिति: : 2023-08-05 10:43:00

प्रतिकृया दिनुहोस्