नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ जनयुद्धका कमाण्डहरु संसदमा पैसाकाे चाङमाथि बंकर कब्जा गर्न जसरी दाैडदै गरेको टिप्पणी गरेका छन्। उनले खुलामञ्चमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
‘जनयुद्ध वैज्ञानिक समाजवाद र समाम्यवादका लागि लडिएको थियो, म अहिले हेर्छु जनयुद्ध लडेका कमाण्डहरु संसदमा हुनुहन्छु, पैसाको ठूलो चांङ छ त्यहाँ, लडाइँ छ’, उनले भने, ‘त्यहाँ अहिले हाम्रो अर्थमन्त्रीजी (जनार्दन शर्मा) बङ्कर कब्जा गर्न जस्तो दौडिएर जानुहुन्छ।’
विप्लवले थपे, ‘हालत यस्तो छ अर्को पार्टीका पुलिसको काँधकमा चडेका छेक्दैछ जुन नाटक देखिन्छ दलाल पुँजीवादी सत्ता भएसम्म चलिरहन्छ।’