नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                महेश नेपाली
                                २०५२ सालमा सुरु भएकाे माओवादी आन्दोलन दुरदराजका गाउँमा पुग्न समय लागेन। त्यसबेला वास्तविकता भन्दा बढी गाउँमा कल्पना पुगेकाे थियाे। कल्पनाले बाेकेकाे डर बसन्त आगमनभन्दा अगाडि चलेकाे हुरी जतिकाे तिब्र वेगकाे थियाे।
'माओवादी त भेटाउने बित्तिकै काट्छन् रे। प्रचण्ड भन्ने मान्छे नै छैन रे। यस्ताे गर्छन् रे। उस्ताे गर्छन् रे। अब सबै गाउँले मर्ने भए रे।'
समग्रमा रेहरुकाे माओवादी आन्दोलनकाे वास्तविकता गाउँलेहरुले त्यतिबेला मात्र थाहा पाए, जतिबेला आफ्नै भाईछाेराहरु एकएक गर्दै आन्दोलनकारी बने।
जुम्लामा याे क्रम २०५४/०५५ देखि तिब्र भयाे। त्यसबेला माओवादीकाे डरभन्दा पनि माया लाग्न थाल्याे। समग्र आन्दोलन हाम्राे पनि हाे भन्ने धारणाको विकास भएकाे थियाे।
शहरमा केही टाठाबाटाहरुले गरेकाे निर्णयले गाउँलेलाई पनि चित्त बुझाउने कार्यक्रम ल्याएकाे थियाे। त्यसमा न्याय र समानता प्रमुख थियाे।
धनी र गरिब बराबर हुने। जमिन जाेत्नेकाे हुने। सहरमा उपलब्ध सेवा सुविधा गाउँमा पुग्ने। राेजगारी सबैले पाउने। उपचार नपाएर काेही पनि नमर्ने लगायत जनताका समस्यालाई समाधान गर्ने नारा बाेकेपछि युद्ध जस्तो डरलाग्दो कार्यलाई समेत नेपाली जनताले प्रेम गर्न थाले। अपनत्व लिन खाेजे।
यसै क्रममा जुम्लाकाे तिला गाउँपालिका पोखरी गाउँका मोतिलाल रोकाया (पुस्कर) २०५९ सालमा भुमिगत भए। केही समय माओवादी नेताहरुले दिएकाे प्रशिक्षणपछि उनी जनमुक्ति सेनामा भर्ना भए। तालिम प्राप्त गरिसकेपछि म्याग्दी, जुम्ला र कुसुम लगायत ठूला फौजी आक्रमणमा सहभागी भए। त्यसबेला उनकाे पद थियाे, एफजिएल।
लडाइँमा उनले युद्ध काैसलता देखाए। उनकाे चर्चा प्रशिक्षण शिविरमा भइरहन्थ्याे। त्यसले थप हाैसला मिलेकाे थियाे। तर युद्ध सधै साेचेजस्ताे भएन। दुश्मनकाे शक्तिलाई पनि नजरअन्दाज गर्नुपर्थ्याे। संयमता अपनाउनु पर्थ्याे। उनले सकेनन्।
परिणाम कैलालीको पाण्डौनमा भएको भिडन्तमा राेकायाकाे दाहिने खुट्टामा गोली लाग्यो। उनी थलिए। गोली अहिले पनि भित्रै छ। हातमा समेत गोली लागेको थियो। मासु हुँदै गोली गएकोले खासै समस्या भएन र त्याे शरीरमा समेत मिलेर बसेकाे छ।
त्यसबेला उनलाई लाग्थ्याे 'म एक जनालाई गाेली लागेर वा म एक जना मरेर केही हुँदैन। तर जनताको जित हुन्छ। जनताले न्याय पाउँछन्।'
उनी भन्छन्, 'देश र जनताको मुक्तिको सपना थियो। समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना थियो। घर फर्किएर पिडादायक जीवन बिताउने त कल्पना नै थिएन।'
यतिबेला उनलाई लाग्छ सबै सपना तुहिएका छन्। सर्वहारा मुक्तिको लागि थालिएको आन्दोलन अलपत्र अवस्थामा छ। 'पहुँचवाला मालामाल भएका छन्। पहुँचविहीनलाई गुजारा चलाउनै मुस्किल छ।'
पहिले बिदाइ हुँदा आँसुको मुल बगाउने आँखाहरु अहिले भेट हुँदा समेत चिन्न छाडेका छन्। हरेक दुःखसुखमा साथ दिने साथीहरु बिराना भइदिँदा उनले बाटाे माेडेका छन्। समस्या बढेपछि कल चलाउन सिकेको उनी बताउँछन्। दुनियाकाे मुक्तिका लागि बन्दुकको ट्रिगर दबाउने हातहरु दुनियाँका आँङ ढाक्ने कपडा सिलाउने कल चलाउन थालेका छन्।
युद्धपछिका पट्यार लाग्दा दिनहरु भुलेर कल चलाएर सिलाइकटाइमा व्यस्त भइरहेका छन्। 'पहिले ट्रिगर दबाएर मन चुडाल्न लागे। अहिले कल चलाएर मन सिलाउने काममा लागेको छु,' उनले पश्चताप मिश्रित विगत काेट्याउँदै आशा घाेलिएकाे वर्तमान र भविष्यकाे बाटाे खन्न लागेकाे सुनाए।
२०७३ साल यता लुगा सिलाउन सिकेका उनी अहिले गाउँले जति सबैका लुगा सिलाउँछन्। विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका पोशाक सिलाउँछन्।
गाउँमा हुने चाडपर्वमा नयाँ लुगा सिलाउने काम उनैको हो। कल चलाउन थालेकाे सुरुवाती चरणमा गाउँलेले लुगा विश्वास गरेका थिएनन्। तर विस्तारै विश्वास जित्दै गए। अहिले सबैले लुगा सिलाउन उनैकहाँ ल्याउँछन्।
गत वर्ष पुस्करले गाउँपालिकाभित्र अपांगता भएका व्यक्तिलाई सिलाइकटाइकाे तालिम दिए। कुनै बेला युद्ध कलामा पाेख्त उनी हाल आएर सिलाइकटाइका प्रशिक्षक भएका छन्।
उनकाे घरमा आठ जना सदस्य छन्। लुगा सिलाएरै परिवार पालेका छन्। 'सेनाबाट घर फिर्ता भइसकेपछि कुनै पनि जीउने उपाय निकाल्न सकिएन,' उनले भने, 'सिलाइकटाइमा जोडिए। याे आम्दानीको राम्रो स्रोत बनेको छ। घरपरिवारको लुगाफाटो, खान, खर्च सबै सिलाइकटाइबाटै जुट्छ।'
उनले सिलाइकटाइकाे तालिम लिन एक जना सिलाउने मास्टर घरमै राखेर सिके। मास्टरलाई प्रति महिना २० हजार रुपैयाँ तिरे। उनलाई हाल कोट र नेपाली पोशाकबाहेक सबै किसिमका लुगा सिलाउन आउँछ। मासिक ८ देखि १० हजार रुपैयाँ सजिलै बचत हुन्छ। उनलाई श्रीमतीले पनि साथ दिएकी छन्।
पुस्कर गाउँमा आउँदा कसैले व्यवसायिक बन्ला भनेर सोचेका थिएनन्। अहिले गाउँमै उदाहरणीय बनेका छन्। 'पहिले सर्वहारा वर्गको मुक्तिको बाटो रोजियो। अहिले थाेरै स्वार्थी बनेर परिवारको गासका लागि संघर्ष गरिरहेकाे छु,' उनले भने, 'क्रान्तिले हामीलाई आत्मनिर्भर बन्न सम्म सिकाएन छ।'
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया