प्रधानमन्त्रीलाई विप्लवको जवाफ : एमसीसी जनताले होइन, देशका दलालले नबुझेका हुन्

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको बताएका छन्।

एमसीसीविरुद्ध खुला मञ्चमा साेमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले सम्झौता पढेरै बुझेर विरोधमा उत्रिएको बताए।

विप्लवले एमसीसी सम्झौतामा दलहरूले कुरै नबुझेको, दलहरू अबुझ हुँदा गाह्रो भएको भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिमा आपत्ति जनाए।

'प्रधानमन्त्री देउवालेसमेत कुरै बुझेको छैन भनेछन्। पढेर त मान्छेले भनिराखेको छ। त्यसै भन्छ?' विप्लवले प्रश्न गरे, 'यहाँ प्रधानमन्त्री निवासको जमिन बेचेर खाने मान्छेले के भन्छ भन्दा तपाईले बुझ्नु भाछ छैन। वैदेशिक रोजगारीमा नेपाली ठग्नेले भन्छ तपाईहरूले बुझेको छैन।'

विप्लवले जसले वास्तविक बुझेको छ उसले विरुद्धमा बोलेको पनि तर्क गरे। 'जसले बुझेर बाकस मात्रै देखेको छ, डलर मात्रै देखेको छ, उसले बुझ पचाएइको छ,' उनले भने, 'कुरा जनताले होइन देशका दलालले नबुझेका हुन्। नेपालभन्दा एमसीसीमा बढी तलब पाउँदा सचिवको आँखा बन्द भएको हो। उनले जनताले कुरा बुझेको होइन भन्छ। यहाँको सरकारभन्दा राम्रो डलर दिएपछि मान्छेहरू गुणगान गाइरहेका छन्।' विप्लवले कुरा बुझेरै अधिकार लागि लडेको स्पष्ट पारे।

प्रकाशित मिति: : 2021-09-13 16:49:00

प्रतिकृया दिनुहोस्