विराटनगरकाे होटल मकालुमा प्रेमिकाले आफ्नाे प्रेमीको लिङ्गक्षदन गरिदिएकी छिन्। सुनसरीको बर्जु गाउँपालिका–२ घर भई विराटनगरमा डेरा गरी बस्दै आएकी २८ वर्षीया प्रेमिकाले २७ वर्षीय प्रेमीको गत साउन २७ प्रेमीकाे लिङ्ग क्षदन गरिदिएकी हुन्।
होटलमा बसिरहेका बेला प्रेमीले जबर्जस्ती करणी गर्न खोजेकाे भन्दै ती युवतीले कैचीले प्रेमीकाे लिङ्ग क्षदन गरिदिएको प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार साउन २७ गते राति ८ बजे मकालु हाेटलकाे अगाडि भेट भएका उनीहरू केही समय कुराकानी गरेपछि हाेटलमा पसेका थिए। हाेटलमा बसिरहेका बेला प्रेमीले जबर्जस्ती गर्न खाेजेपछि प्रमिकाले कैची प्रहार गरेकी थिइन्। कैची प्रहरीपछि घाइते भएका प्रमीलाई उपचारकाे लागि विराटनगरस्थित काेशी अस्पतालमा लगिएकाे थियाे।
उक्त अस्पतालमा ‘सेभिङ’ गर्दा लिङ्ग काटियो भन्दै कोशी अस्पताल उलाई नाेबेल टिचिङ अस्पताल रिफर गरेकाे थियाे। हाल साेही अस्पतालमा उनकाे उपचार भई रहेकाे छ।
उनी अहिले प्रहरी नियन्त्रणमा छन्। प्रमिकामाथि जबर्जस्ती गरेकाे आरोपमा उनलाई पक्राउ गरिएकाे छ। २७ वर्षीया युवतीमाथि जबर्जस्ती गरे भनि इलाका प्रहरी कार्यालय रानी , विराटनगरमा जाहेरी परेपछि प्रहरीले युवकलाई पक्राउ गरेकाे हाे।
प्रहरीले घटनामा अनुसन्धान पूरा गरेकाले अभियोगकाे नाम जिल्ला सरकारी वकिलको कार्यालय पुगेको छ। प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत मोरङ अदालतमा मुद्दा दर्ताको तयारी गरिएको छ।
‘जवरजस्ती करणी उद्योगमा जाहेरी परेपछि घटनाको विषयमा प्रहरीले अनुसन्धान गर्दै आएको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले भने।
पक्राउ परेका युवकले ती युवतीलाई विराटनगर—१५ मकालु होटलमा भेटन बोलाएर जवरजस्ती करणीको प्रयास गरेको आरोप छ। ती युवतीले बलत्कारको प्रयास गरेपछि प्रतिकार गर्दा लिङ्गमा प्रहार गरेको बताएकी छिन्।
यता युवकले भने युवतीले अन्तिमपल्ट भेट्न आउ भन्दै होटलमा बोलाइन् र सहमतिमा यौन सम्पर्क गर्न खोज्दा त्यसैबखत लिङ्गमा कैचीले हानेको बयान दिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन्।