बंगलादेशमा हिन्दूमाथि निरन्तर आक्रमण, सर्बत्र बिरोध

बंगलादेशको खुलाना जिल्ला, प्शा उपजिल्ला अन्तर्गत शियली मालिकपारा भन्ने गाउँमा हिन्दू अल्पसंख्यकका ५६ घर, १० मन्दिर र मुर्ती तोडफोड एवं लुटपाट भएपछि हिन्दू समुदायले विरोध प्रदर्शन गरेको छ।

शनिवार कीर्तन गरिरहेका हिन्दू समुदायमाथि स्थानीय मुस्लिम अतिबादी समूहले आक्रमण गरेको थियो। निरन्तर हिन्दू समुदायमाथि आक्रमण, मठमन्दिरमा समेत लुटपाट र तोडफोड हुन थालेपछि विश्व हिन्दू महासंघ बंगलादेश च्याप्टरले प्रधानमन्त्री शेख हसिनालाई ज्ञापन पत्र पठाएको छ।

ज्ञापनपत्रमा हिन्दूहरुमाथि भइरहेका सृंख्लाबद्ध आक्रमण र ज्यादति रोक्न र उनीहरुको सुरक्षा गर्न माग गरिएको छ। बंगलादेश शाखाका महासचिव दीपन मित्रद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा पछिल्लो आक्रमणपछि बंगलादेशमा हिन्दू समुदायले असुरक्षित र सहयोगविहीन अवस्थाको अनुभूति गरेको उल्लेख गरेका छन्।

ज्ञापनपत्रमा उदारबादी शोच राख्ने राजनीतिक पार्टीको नेतृत्व्मा बंगलादेशमा सरकार सञ्चालन भइरहेको तर यही समयमा हिन्दू अल्पसंख्यक नागरिकमाथि साम्प्रदायिक हिंसा भइरहेको भन्दै ध्यानाकर्षण गराइएको छ।

ज्ञापनपत्रमा दोषीहरुमाथि कडा कारबाहीका लागि पनि प्रधानमन्त्री हसिनासँग माग गरिएको छ। बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजिबुर रहमानले देखाएको समावेशी एवं धार्मिक अधिकारसहित सबैको मुलुक बनाउने सपनालाई उनकी छोरीको नेतृत्वमा भएको वर्तमान सरकारले साकार गर्नुपर्ने पनि महासचित्र मित्रले ज्ञापनपत्रमा उल्लेख गरेका छन्।

हिन्दू समुदायले घटनाको विरोध गर्दै विहीवार खुलना पिक्चर प्यालेसमा प्रदर्शन गरेको थियो। विश्व हिन्दू महासंघ बंगलादेश शाखा, जातीयो हिन्दू महाजोते, बंगलादेश हिन्दू परिषद्, शिबशक्ति लगायत स्थानीय हिन्दू संघसंस्थाका प्रतिनिधि विरोध प्रदर्शनमा सहभागी थिए।

स्थानीय अतिबादी मुस्लिम समूहले हरि मन्दिर, दुर्गा मन्दिर, गोविन्द मन्दिर र भित्रका मुर्तिहरु तोडफोड एवं नष्ट गरेको थियाे। यसैगरी, शियाली महास्मशान मन्दिरमा कीर्तन भजन चलिरहेका बेला आक्रमण भएको थियो।

अपराधिक घटनामा संलग्न जोकोहीलाई पनि कानून अनुसार कडा सजाय दिन महासचिब मित्रले ज्ञापनपत्रमा उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2021-08-14 05:52:00

प्रतिकृया दिनुहोस्