पहाडमा खान नपुगेर तराई झरेको
एउटा गैँडाले निकुञ्जहरुमा उधुम मच्चायो
उसको भोकको आयतन यति विशाल थियो कि
उसले सबैभन्दा पहिला
स्वदेशी चरेसमा हालेर विदेशी विचार खायो
त्यसपछि
हजारौँ बालबालिकाहरुका अभिभावक खायो
हजारौँ नवयौवनाहरुको सौभाग्य खायो
हजारौँ बाआमाहरुको भरोसा खायो
भरियाले तर्ने पुल खायो
खरबौँका कलकारखाना खायो
स-सना नानीहरु पढ्ने विद्यालय खायो
क्यान्टोनमेन्टका लडाकुहरुको
तनीचौथाइ रासन खायो
खाँदा खाँदा यति खायो कि
सुकोमल फूलहरुको विश्वास पनि खायो
लुकेर खायो, देखेर उग्रायो
अन्ततः
विदेशी कमोटमा बसेर
आफ्नै ओछ्यानमा गोब्य्रायाे।