कृष्ण उदाशी
पहाडमा खान नपुगेर तराई झरेको
एउटा गैँडाले निकुञ्जहरुमा उधुम मच्चायो
उसको भोकको आयतन यति विशाल थियो कि
उसले सबैभन्दा पहिला
स्वदेशी चरेसमा हालेर विदेशी विचार खायो
त्यसपछि
हजारौँ बालबालिकाहरुका अभिभावक खायो
हजारौँ नवयौवनाहरुको सौभाग्य खायो
हजारौँ बाआमाहरुको भरोसा खायो
भरियाले तर्ने पुल खायो
खरबौँका कलकारखाना खायो
स-सना नानीहरु पढ्ने विद्यालय खायो
क्यान्टोनमेन्टका लडाकुहरुको
तनीचौथाइ रासन खायो
खाँदा खाँदा यति खायो कि
सुकोमल फूलहरुको विश्वास पनि खायो
लुकेर खायो, देखेर उग्रायो
अन्ततः
विदेशी कमोटमा बसेर
आफ्नै ओछ्यानमा गोब्य्रायाे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया