पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।
काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा थुनछेक बहसपछि न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले जोशीलाई ५० लाख धरौटीमा छोड्न आदेश दिएको हो।
स्वर्णलक्ष्मीको रकम गैरकानुनी रुपमा ग्यालेक्सी टेलिभिजनमा ल्याएको खुलेपछि टेलिभिजनका सञ्चालन जीबी राई, रवि लामिछाने र छविलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
लामिछाने यसअघि नै ६० लाख धरौटी तिरेर छुटेका थिए भने जीबी राई फरार छन्।